संक्रान्ति बजारका अग्नि पीडितले बिना धितो ऋण पाउने



  • काठमाडौं, २० पुस ।


प्रधानमन्त्री पुष्पकमल दाहालले तेह्रथुमको संक्रान्ति बजार पुनर्निर्माण तथा पुनर्स्थापना कोषमा एक करोड रुपैयाँ दिने घोषणा गरेका छन ।

मंगलबार संक्रान्ति बजार पुगेका प्रधानमन्त्री दाहालले आगलागीले पु¥याएको क्षतिको निरीक्षण तथा अग्निपीडितसँगको भेटपछि प्रधानमन्त्री राहत कोषबाट पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ दिने घोषणा गरे ।

उनले आगलागी पीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्नि पीडितको पुनर्स्थापना तथा पुनर्निर्माणकालागि बिना धितो सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने बताए ।

राहत वितरणमा सजिलो हुनेगरि तत्कालै नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनर्स्थापनाको पहल तथा निर्णय गर्ने प्रधानमन्त्री दाहालले बताए ।

पुस १ गते भएको आगलागीमा परि संक्रान्ति बजारका २४ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने अन्य ५ घरमा आंशिक क्षति पुगेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...