संशोधन विधेयकबारे सर्वोच्चमा बहस सुरु

- काठमाडौं, १७ पुस ।
संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबारबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा बहस सुरु भएको हो ।
तर, कार्की न्याय परिषद्को बैठकमा जानु पर्ने भएकाले बहस सकिएन र हेर्दाहर्दैमा राखिएको छ ।
सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधनको विधेयक दर्ता गरे लगतै सर्वोच्चमा दुई अलग अलत रिट परेको थियो ।
दुबैलाई एकसाथ सुनुवाई गर्दै सर्वोच्चले मंसिर २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । र, अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्नेबारे बहसका लागि बोलाएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
