माओवादी केन्द्रका ७० केन्द्रीय नेताले दिए सामुहिक राजीनामा

- चैतारा, १२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ७० जना केन्द्रीय नेताहरुले संयुक्त राजीनामा दिएका छन् ।
कृष्णप्रसाद सापकोटा, दावा तामाङ, केशव नेपाल, राजकुमार श्रेष्ठ, सरल सहयात्री पौडेल, माधव सापकोटा, युवराज दुलाल, अमृता नेपाल लगायत ७० नेताहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी केन्द्र सिन्धुपाल्चोकले आज सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यदेखि केन्द्रीय सदस्य समेत छन् । जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै युवराज दुलालले पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रक्रियाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको घोषणा गरे ।
उनले गरेको विशेष प्रस्तावलाई ७० जना केन्द्रमा रहेका नेताहरुले हस्ताक्षर गरी अनुमोदन गरेका छन् । सो राजीनामापत्रलाई तत्कालै केन्द्रमा पठाइने जनाइएको छ । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटाले माओेवादीलाई सशक्त र जुझारु बनाउन राजीनामा दिनुपरेको बताए ।
‘हामी पद होइन पार्टी सुदृढ गर्न चाहन्छौ,’ उनले भने । ‘हामी केन्द्रीय समितिमा छौं, त्यो भद्दा र अर्थपूर्ण छैन’, माओवादी केन्द्रका जिल्ला संयोजक दावा तामाङले भने– ‘हामी जिल्लामानै रहेर पार्टी मजबुत बनाउन चाहन्छौं ।’ राजीनामापछि पार्टीलाई अझ मजबुत बनाउन आपूmहरु लाग्ने उनले बताए ।
राजीनामा दिए पनि पार्टीको जिम्मेवारीबाट बाहिर नजाने भन्दै उनले आफुहरु चुनौतीसँग हार नमान्ने पनि बताए । केन्द्रीय समितिको बैठक बस्न पनि नसक्ने र महत्वपूर्ण निर्णय हुन नसक्ने भएकोले प्रक्रियाको आधारमा पार्टी निर्माण गर्न राजीनामा दिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक माधव सापकोटाको तर्क छ ।
प्रतिकृया दिनुहोस्
Loading...