संसद बैठक फेरी अवरुद्ध, चार बजेसम्म स्थगित

- काठमाडौं, १८ पुस ।
नेकपा एमाले लगायतका विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक (सोमबार) आज पनि अवरुद्ध पारेका छन् ।
सांसदहरु आ-आफ्नो ठाउँमा उँभिएर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।
यो समय अवधिमा सभामुख घर्तीले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ ।
उनले दलहरुलाई सहमतिको छिटो पुग्न संसदको अवरोध खुलाउन आग्रह गर्दै आएकी छन् । तर, एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राख्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
