हारेपनि म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा

  • एजेन्सी, १४ माघ ।

गएराति भएको इएफएल कपको दोस्रो सेमिफाइनल खेलमा हल सिटीसँग म्यानचेष्टर युनाइटेड हारेपनि फाइनल प्रवेश गरेको छ ।

म्यानचेष्टर युनाइटेड हल सिटीसँग २–१ गोल अन्तरले हारेपनि अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको हो । फाइनलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्नेछ ।

साउथह्याम्टन यसअघि लिभरपुललाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।हल सिटीले ३५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत टोम हडलेस्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६६ औं मिनेटमा पाउल पोग्बाले १० यार्ड टाढाबाट गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई बराबरीमा ल्याएका थिए । हल सिटीका लागि टाइगर्ज उमार नायासले ८५ औं गोल गर्दै हल सिटीलाई जिताए पनि अंक तालिकामा सिटीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेड फाइनल प्रवेश गर्यो‍ ।

,

प्रतिकृया दिनुहोस्

Loading...