सुशील ज्ञवालीले बुझाए १२ पृष्ठ लामो स्पष्टीकरण

- काठमाडौं, २१ पुस ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।
ज्ञवालीले बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर १२ पृष्ठ लामो स्पष्टीकरण पत्र बुझाएका हुन् ।
अरू थप केहि नखुलाइए पनि उनले ‘स्पष्टिकरणमा सरकारको जुन जिज्ञासा थियो, मैले समयमै जवाफ पेश गरेकोछु,’ भनेका छन् । । उनले आफूले गरेको कामको फेहरिस्थ पेश गर्दै १२ पृष्ठ लामो स्पष्टीकरण बुझाएकाे
उनी निकट स्रोतले बताएकाे छ ।
जसमा उनले १० असोजमा प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय निर्देशक समितिको बैठकले प्राधिकरणको काम सन्तोषजनक रहेको भनी निर्णय गरेको भन्दै अहिले कसरी सन्तोषजनक भएन भनेर प्रश्न गरेका छन् ।
साथै उनले स्पष्टीकरण सोध्ने निर्णय र ३ लाख दिन कार्यविधि पास एकै दिनमा भएको भन्दै यो आश्चर्यजनक भएको बताएका छन् । उनले पुनर्निर्माण सन्तोषजनक र सही ट्राकमा रहेको दाबी के पुगेन र सन्तोषजनक भएन ? भन्ने प्रश्न गरेका छन् ।
विदेशी दाताहरुले समेत नेपालमा सही तरिकाले काम भएको भनेको र ५ वर्षका लागि प्राधिकरण बन्नुका साथै आफ्नो नियुक्ति भएको भन्दै सीईओ ज्ञवालीले स्पष्टीकरण पत्रमा भनेका छन्, सबै काम एक वर्षमा गरिनस् भन्ने शोभनीय भएन कि ?
सरकारको योजना अनुसार नै काम भइरहेको भन्दै उनले द्रुत गतिमा काम भइरहेको बेला स्पष्टीकरण सोध्नु उचित छ भनेर प्रतिप्रश्न पनि गरेको स्रोतले बताएको छ । साथै उनले अर्थ मन्त्रालयले समय रकम दिएको भए वा प्रधानमन्त्री आफैंले अझ अग्रसता लिएको भए पुनर्निर्माणले गति लिन्थ्यो भन्नेर जवाफ दिएका छन् ।
ज्ञवालीको काम चित्त बुझ्दो नभएको भन्दै सरकारले केही समयअघि स्पष्टिकरण सोधेको थियो । ज्ञवालीले भने आफ्नो बचाऊ गर्दै सरकारलाई दिने स्पष्टिकरण तयार पारेका छन् । जसमा प्राधिकरणको काममा सरकारी निकायहरुले नै असहयोग गरेको आरोप लगाइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
