जनताको आशा भरोसा माओवादीसंग छ : नेता पुन

- सल्यान २० पुस ।
अन्य राजनितीक दलले जाँड रक्सी खाँदा र धन सम्पत्ति जोडदा वास्ता नगर्ने जनता माओवादीको नाम लिएर कसैले त्यस्तो गतिविधि गरे त्यो कुरा उठाएर माओवादीलाई राम्रो देख्न चाहेको बताएका हुन ।
जनताको आशा भरोसा माओवादीमा भएको बताएका पुनले एकीकृत जनक्रान्तिमा सबैलाई समेटेर लडाइँ लड्ने कुरा दोहोर्याएका छन ।
लडाई जित्नलाई लड्नुपर्ने भएकाले कसैले भनेर हैन सबैकुराको अध्ययन गरि अगाडि बढ्ने जनाएका छन ।
माओवादी सल्यानको पाँचौ जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै सुकुम्वासीका नेता समेत रहेका पुनले संसदवादीहरूले भोट माग्दा सुकुम्वासीलाई लालपुर्जा दिन्छौं भन्ने तर सरकारमा पुगेपछि डोजर लगाएर भत्काउने गरेको देशभरका सुकुम्बासीले भनेको बताएका छन ।
लोकपाल केसी सेक्रेटेरी रहेको ४५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । सम्मेलनले निवर्तमान जिल्ला सेक्रेटेरी डिल्लीराज शर्मा लगायत ८ जना महािधवेशन प्रतिनिधि र २ जना पर्यवेक्षक चयन गरेको छ ।
मंगलबार पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले उद्घाटन गरेको सम्मेलन बुधबार राति सकिएको हो ।
प्रतिकृया दिनुहोस्
Loading...
