पैसा छ, तर घर बनाउन मान्छे पाइन्न


  • काठमाडौं, २३ पुस ।

जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन्। भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ।

भूकम्पमा उनका एक हल गोरु र बोका मरे। सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन्। तर, अझै घरको जग खार्न सकेकी छैनन्। काम गर्ने मजदुर नभेटेपछि उनले घर बनाउन चासो नदिएकी हुन्।

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। बाथरोगले थलिएको पोखराबारी गाउँका ५० वर्षीय लेखनाथ सिवाकोटी जस्ताको छाप्रो छेउमै बसेर घाम तापिरहेका थिए। उनी पनि घरबारविहीन हुन्। उनले ५० हजार रुपैयाँ पाइसके, तर मजदुरको अभावमा उनले घर बनाउन सकेका छैनन्।

‘सरकारले दिने ५० हजार रुपैयाँ पाएँ। तर, घर बनाउन गाउँमा मान्छे नै भेटिन्न, रोगी छु। भेटिएका मजदुरले ज्याला महँगो भन्छन्। सरकारले दिएको अनुदानले पुग्दैन। त्यसैले छाप्रोमै बस्दै आएको छु,’ उनले भने। पोखराबारीकै ४५ वर्षीया निर्मला त्रिपाठीको दुईवटा घर भूकम्पमा ध्वस्त भयो। उनी अहिले जस्ताको टहरोमै बस्दै आएकी छिन्।

सरकारले बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन्। तर, घरको जग खार्न सकेकी छैनन्। गाउँमा मजदुर नभेटेपछि उनले घरको जग खार्न नसकेकी हुन्। ‘घर बनाउन सकिएको छैन। पैसाले मात्रै घर नबन्ने रहेछ। गाउँमा मजदुर भेटिन्नन्, भेटिएकाले ज्याला महँगो भन्छन्। त्यसो हुँदा जाडो सहेर छाप्रोमै बस्नु परेको छ,’ उनले भनिन्।

गाउँका सबै युवा विदेश लापिलाङ–९ पाटागाउँकी ८५ वर्षीया भीमकुमारी बस्नेत चित्रोले बारेको गोठमा आगो फुक्दै गरेको अवस्थामा भेटिइन्। भूकम्पले उनको तीनतले घर ढाल्यो। उनी अहिले गोठमा बस्दै आएकी छिन्। तर, गोठमा जाडो छेक्ने कुनै छेकवार छैन।

जाडोले उनको हातखुट्टा पटपटी फुटेका छन्। अँगेनामा दाउरा ठोस्दै उनले भनिन्, ‘भूकम्पले घर ढालेपछि जस्ताको टहरासमेत हाल्न सकिनँ। यही गोठमा बसेकी छु। आगो तापेरै रात बित्छ।’ सरकारले दिने अनुदान रकम उनले अझै पाएकी छैनन्। ‘सरकारले दिने ५० हजार रुपैयाँ पनि पाइनँ। केले घर बनाउने ? जस्ताकै टहरोमा अब जुनी बित्ने भयो,’ उनले भनिन्। लापिलाङ–५ गोदाङका ८८ वर्षीय कर्णबहादुर थामी चित्रोले छाएको गोठमा भेटिए।

सँगै उनकी श्रीमती गहुँ निफन्दै थिइन्। जाडोले कठ्यांग्रिएका उनको पनि तीनतले घर भूकम्पमा ढल्यो। उनी यही चित्रोले बारेको गोठमा बस्दै आएका छन्। जाडोमा ओढ्ने तातो लुगा छैनन्। अनुदानको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाए। तर, घर बनाउन सकेका छैनन्।

गाउँमा घर बनाउने मजदुर नभेटेपछि उनको घर बनाउने योजना लम्बिएको हो। ‘भूकम्पपछि गोठमै बस्दै आएको छु। जाडो छ। ओढ्ने लुगा छैन। सरकारले दिने अनुदान त पाएँ, तर घर बनाउन सकेको छैन। गाउँका सबै युवा विदेश छन्। कसले गर्छ अचेल ढुंगामाटोको काम ?’ उनले भने।

, ,

प्रतिकृया दिनुहोस्

Loading...