सिंहवरवारमा तीन दलका शीर्ष नेताबीच वार्ता सुरु

  • काठमाडौं, १८ पुस ।

प्रमुख तीन दलका शीर्ष नेताबीच वार्ता सुरु भएको छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहवरवारमा वार्ता सुरु भएको हो ।

बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ ।

माओवादी र एमालेका शीर्ष नेताहरुबीच आइतबार गोप्यवार्ता भएको थियो । उक्त छलफलको सहमति अनुसार नै तीन दलका नेताहरुको बैठक बसेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...