अध्ययनकै आधारमा ट्रम्पको ‘अवैध मतदाता’ आरोप

- एजेन्सी, १२ माघ ।
अमेरिका राष्ट्रपति चुनावमा दशौं लाख गैरकानुनी मतदाताले मतदान गरेको ह्वाइट हाउसले जनाएको छ ।
नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको नोभेम्बरमा भएको चुनावमा दशौं लाख मतदाताले गैरकानुनी रुपमा मतदान गरेको आरोप लगाएका थिए । ट्रम्पले जिम्मेवारी सम्हाले लगतै ह्वाइट हाउसले चुनावमा दशौं लाख गैरकानुनी मतदाताले मत दिएको अध्ययन तथा प्रमाणले देखाएको दाबी गरेको हो ।
ह्वाइट हाउसका प्रवक्ता सिन स्पीसरले राष्ट्रपति ट्रम्पले गैरकानुनी मतदाताले मत दिएको बताउँदै आएपनि त्यसबेला पत्रकार समक्ष प्रमाण पेश गर्न नसकेको र उनले त्यो विभिन्न अध्ययनकै आधारमा भनेको दाबी गरे ।
ट्रम्पलाई मत दिने चाहिँ वैध मतदाता रहेको स्पीसरको दाबी छ । ट्रम्पले सोमबार कांग्रेसका सदस्यलाई तीसदेखि पाचास लाख अवैध आप्रवासीले चुनावमा मत दिएको बताएपछि स्पीसरको यस्तो भनाई आएको हो । तर उनले प्रमाण भने प्रस्तुत गरे ।
पपुलर मतमा डेमोक्र्याटिक हिलारी क्लिन्टनभन्दा पछि परेपछि ट्रम्पले यस्तो आरोप लगाउँदै आएका छन् । तर उनको आरोपको यस अघि नै चुनाव आयोगले खण्डन गरिसकेको छ । राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पनि प्रमाण बिना आरोप लगाएको भन्दा ट्रम्पको आलोचना भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...