अफ्रिका कप अफ नेशनस : मोरक्को र कङ्गो क्वाटरफाइनलमा

  • एजेन्सी, १२ माघ ।

मोरक्को अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा आइभरी कोस्टलाई १–० ले हराउँदै मोरक्कोले समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

मोरक्कोको जितमा ६४ औं मिनेटमा राचिड अलियीले गरेको गोल नै निर्णायक बन्यो । सन् २०१५ को विजेता आइभरी कोस्टलाई अघिल्लो चरण प्रवेशका लागि जित अनिवार्य थियो ।

राति नै भएको खेलमा टोगोलाई ३–१ ले हराएको प्रजातान्त्रिक गणतन्त्र कङ्गो समूह ‘सी’ को विजेताको रुपमा अन्तिम ८ मा पुगेको छ । कङ्गोको जितमा जुनियर काबानान्गा, एनडोम्बे मुबेले र पउल–जोसे एमपोकुले गोल गरे । टोगोका लागि कोड्जो फो–डोह लाबाले एक गोल फर्काए ।

,

प्रतिकृया दिनुहोस्

Loading...