बुधबार उपत्यका बन्द, बैद्य माओवादीको समर्थन (विज्ञप्तिसहित)

- काठमाडौं, १९ पुस ।
बुधबार उपत्यका बन्द गर्ने घोषणा गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले विभिन्न माग राख्दै बन्दको आह्वान गरेको हो ।
सरकारले उपत्यकामा गरिरहेको सडक विस्तारको बहानामा घर र जग्गामा ठूलो क्षति पुर्याएर आफूहरुलाई सुकुम्बासी बनाइएको पीडितको आरोप छ ।
यो बन्दलाई मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले सडक विस्तार अभियानलाई जनविरोधी गतिविधि भन्दै बन्दसहितका आन्दोलमा उत्रन बाध्य भएको बताए ।

प्रतिकृया दिनुहोस्
Loading...
