'संविधान संशोधन विद्येयक काम न काजको'

  • काठमाडौं, १३ माघ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सघीय गठवन्धनका संयोजक यादवले भने ।

उनले सबै राजनीतिक दलले एक अर्काको समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने यादवकाे जिकिर छ ।


फोरम अध्यक्ष यादवले स्थानीय तह पुनसंरचना आयोगले अघि सारेको प्रतिवेदन स्विकार्य नभएको बताए । उनले भने,’५२ प्रतिशत जनसख्या ओगटेको तराई मधेसमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होइन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ?’

उनले सरकार र प्रमुख दलहरु स्थानीय तह कि निकायको चुनाव गर्ने भन्ने अन्यौलमा रहेको आरोप लगाए ।

,

प्रतिकृया दिनुहोस्

Loading...