आँखा फुत्तै बाहिर निकाल्छन् यी १४ वर्षे बालक (भिडियो )



अहमद खान नामका ती बालकले आफ्नो अँाखाको गेडा झण्डै फुत्त बाहिर निकाल्न सक्छन् ।

अहमदको भिडियो अहिले पाकिस्तानमा भाइरल बनेको छ । जसमा उनले आफ्ना आँखाका गेडी बाहिर निकाल्ने कोसिस गर्दछन् र विस्तारै दुबै आँखाका गेडा बाहिर निकाल्छन् ।

अहदमले आफ्नो आँखाको गेडी १० मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछन् ।

अहमदलाई आफ्नो त्यो क्षमता गत वर्षमात्रै थाहा भयो । आफुले आफ्ना आँखा सजिलै बाहिर निकाल्न सक्ने र यसो गर्दा आँखामा कुनै असर नपर्ने उनी बताउँछन् ।

उनले आँखाका गेडी बाहिर निकाल्दा केटाकेटीहरु डराउँछन् । आँखा फुत्तै भुइँमै खस्छ की भनेर केटाकेटीहरु तर्सिन्छन् ।

आफ्नो यो क्षमता गिनिज बुकमा दर्ज होस् भन्ने चाहना उनको छ । अहिलेसम्म आँखाको गेडी निकाल्ने विधामा अमेरिकाकी किम गुडम्यानको नाम गिनिज बुकमा छ । तर अमेरिकी महिलाले भन्दा आफुले राम्रो तरिकाले आँखाको गेडी बाहिर निकाल्ने भएकाले आफुले रेकर्ड तोड्ने उनको दाबी छ ।

हेर्नुहोस भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...