विधागत पत्रकारिताको विकासमा जोड


प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारहरुको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्न मद्दत पुग्ने बताउका छन् । 

उनले सबै मिडियालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन अभिभावक संस्थाको नाताले प्रारम्भिक छलफलस्वरुप कार्यक्रम आयोजना गरिएको बताए । 

विधागत पत्रकारिता सम्वद्ध संघसंस्थाका पदाधिकारी/प्रतिनिधिसंगको अन्तरक्रियामा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य तथा विधागत पत्रकारिता उपसमितिका संयोजक चेतनाथ धमला, सदस्यहरु इश्वरीप्रसाद ओझा, गोविन्दप्रसाद चौंलागाईँ, सदस्यसचिव बीरवहादुर राईले विधागत पत्रकारिताबारे धारणा राख्नुको साथै आवश्यक तालिम, राहतका कार्यक्रम ल्याउन पहल गर्ने बताए।

यसैगरी, नेपाल फोरम अफ साइन्स जर्नालिस्टका अध्यक्ष छत्र कार्की, लक्ष्मण डंगोल, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल लतितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, शिक्षा पत्रकार समूहका अध्यक्ष दिपक दाहाल, कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी, विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई, नेपाल वातावरण पत्रकार समूहका उर्वसी बस्न्यात लगायतले महत्वपूर्ण धारणा राखे ।

अघोषित सिन्डिकेटको विकास भएको, उदेश्य अनुरुप कार्यक्रम संचालन गर्न नसकिएको, विधागत पत्रकारितामा बिशेषता हाशिल गरेका व्यक्तिहरुको अभाव, तालिमको अभाव, नयाँ नीति, समन्वयको अभाव लगायतका समस्याहरु रहेकोमा समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सुझाव आएको थियो । 

रिपोर्ट, तस्विरहरु : महेन्द्रराज सिंह २०७३ माघ २७ गते ।

प्रतिकृया दिनुहोस्

Loading...