विप्लवले माओवादी हटाउनु ठिक वा बेठिक ?


किरण बि.सी. ।

उत्तर कोरियाका जन्मदाता किम ईल सुंगले आफ्नो राजनीतिक दस्तावेजबाट माक्सवाद-लेनिनबाद हटायर “जुछेवाद” राख्ने प्रस्ताव राखेपछि अहिले बिप्लवलाई गैर माओवादी खेमा सुरु गरेको आरोप जस्तै किम इललाई पनि त्यो बेला माक्र्सवादी आदर्शबाट बिमुख भएको आरोप लगाईएको थियो।

एउटा निश्चित भुगोलमा कुनै एकबाद चिरकाल सम्म टिक्न सक्दैन त्यसलाई छाड्ने भन्दा पनि अझ बिकसित र परिस्कृत गरेर लैजानको लागि नै नयाँ सैदान्तिक धरातलमा “जुछेवाद” को बिकास गरिनु पर्छ भन्ने किमको धारणा माथि संसारका थुप्रै देश र कम्युनिस्ट शुभचिन्तकले समेत खरो टिप्पणि गरेका थिए। यद्यपि किम इल सुगंले आफ्नो जुछेवाद प्रतिको सैदान्तिक बहसमा सम्पूर्ण ऊत्तर कोरियाली कम्युनिष्ट नेतालाई एकमतमा ऊभ्याऊन सफल भए र ऊत्तर कोरियामा जुछेवादको औपचारिक रुपमा “लन्च” गरे ।

समय सापेक्षिक रुपमा संसारमा थुप्रै वाद र दर्शन निर्माणको आ-आफ्नै गति, स्थिति र परिस्थिति समयाअनुकुल परिवर्तनशिल हुन्छ । परिवर्तनशिलको अर्थ पुरै ऊल्टो दिशा तिर जानु होईन, परिस्कृत र विकास पनि परिवर्तनको एक पाटो हुन।

माक्सवाद -लेनिनबादको ठाऊमा जुछेवाद रिपेलेस्मेन्ट गर्नु मात्र किम इल एक्लैको चाहानाको बिषय थियन, साथसाथै माक्सवाद लेनिनबादको रक्षा र बिकासको लागि ऊत्कृष्टवादको रुपमा जुछेवादलाई पुष्टि गर्नु पनि ऊनको लागि एक चुनौती थियो । ऊनले ढिलो चाडो त्यो चुनौति को प्रतिऊत्तरमा तिन बुदे सैदान्तिक धरातल तयार पारे । ऊक्त तिन “छा ” युक्त धरातलहरु पहिलो नेशनल इकोनोमि (छारपि), दोश्रो सेल्फ डिफेन्स (छावी) र तेश्रो इन्डिपेन्डेन्स् (छाजु)।

उनले उठाएको इनडिपिडेन्स भन्नाले राजनितिक स्वतंत्रता भन्ने बुझिन्छ । कोरियाको राजनितिक संम्बाहक सोभियत संघ होईन स्वयम कोरिया नै हो भनेर बुझ्नको निम्ति अन्तराष्ट्रीयस्तरमा फिजाईएको हल्लाको निम्ति किम इलको यो सिदान्त एक शसक्त प्रतिऊत्तर थियो । माक्सको सहि र सत्य आदर्शवादी आन्तरिक चेतना भनेको पनि सेना पहिलो भन्ने नै हो, जसलाई किम इलले स्थापित गरेर छाडे।

आर्थिक परनिर्भरता भनेको स्वाधिन राष्ट्रको दिर्घकालिन रोग हो, त्यसकारण संसारकै स्वाधिन राष्ट्रको उपमा दिन कोरियालाई आर्थिक रुपमा सवल बनाऊनु पर्छ भनको चेतनाले जुछेवादमा सहि आकार पायो। फलस्वरुप ऊनको माक्सवाद- लेनिनबादको ठाऊमा अहिले पनि जुछेवाद कोसेढुंगा साबित भएको छ । 

सायद जुछेवाद बिकाश हुने थियन भने आज न त ऊत्तर कोरिया रहने थियो न त ८२ बर्ष बाचेका किम इलले ४६ बर्ष प्रत्यक्ष शासन गर्ने अवसर नै प्राप्त गर्थे।

वोर्कस पार्टी अफ कोरिया भनेर जिवन दिएका किम इलले पहिलो विश्वयुद्ध र कोरियन युद्ध दुवै लडेका थिए। ऊनको सबैभन्दा सहि र राष्ट्रवादी बिचार भनेको “डोमिनेट डोमेस्टिक पोलिटिक एण्ड लोयलिटी टू दी सुप्रोमो लीडर” भन्ने नारा नै थियो। यसले आफ्नो देश भित्र हुने आन्तरिक राजनितिक षडयंत्रको नाम निशान मेटेर देशलाई ऊच्च र एकत्रित गर्ने स्वभावको बिकाश गराएको थीयो।

सन १९१२/१५ अप्रिलमा जन्मेका किम इल सुगं सन १९९४ जुलाई ८ मा स्वर्गारोहरण भएपनि संसारकै एक दवदवाको रुपमा ऊत्तर कोरिया लाई जुछेवाद मार्फत एक स्थापित स्वाधिन राष्ट्रको रुपमा चिनाएर गए।

अहिले नेपालमा बिप्लवले “नेपाल कम्युनिस्ट पार्टी माओवादी” बाट माओवादी शब्दावली झिकेर राख्न बित्तिकै दुई थरि टिप्पणी भएकाछन। कसैको आरोप माओवादी शब्द हटाएर माओ बिचारधाराबाट बिमुख हुनसक्ने भन्ने छ, त कोहि कम्युनिस्ट बिचार धारालाई अझ खुल्ला र बृहत बनाएको भनेर खुसि पनि भएका छन।

कुनै पनि आयातितवादहरु केहि निश्चित समयको अन्तरालमा आफै परिस्कृत र बहिस्कृत हुन्छन, त्यसको रक्षा रुपांतरण र बिकाश एक दुरदर्शि नेता र दार्शनिकको दिमागले मात्र सोच्न सक्छ ।
यद्यपि माओ बिचार धारा लाई आत्मासाथ र पथ प्रदर्शकको रुपमा लिने भनेर दस्तावेजमा दर्ज गरिसकेपछि नकरात्मक टिप्पणि गर्नुको कुनै तुक देखिदैन। जसरि कार्लमाक्सको फोटो भित्तामा टास्नको लागि र ब्यापार गर्नको लागि कम्युनिस्ट हुनुहुदैन भन्ने किम इलको भनाई थियो, त्यस्तै माओको नाम झुन्ड्यायर कम्युनिस्ट सिदान्त को ब्यापारिकरण गर्नेहरुको निम्ति यो टिप्पणिको लागि सुखद मौसम हो।

किम इल सुगले एक पटक लेखेका छन “विदेशी व्यापार मंत्रालयको पर्खालमा कार्ल मार्क्सको एउटा फोटो झुन्ड्याईन्छ” ।ऊनले लेखेको लेखले थप सैदान्तिक कुरा पुस्टि गर्न उनले भनेका छन् “मार्सिजम – लेनिन्जम ह्याज बीन फेसेड आउट इन दी नर्थ कोरिया पोलिटिक्स एण्ड रिप्लेसेड बाइ जुछे “।

अहिले ऊत्तर कोरियामा माक्सवाद लेनिनबादको सट्टामा बिकाश गरियको स्वदेशि जुछेवाद धर्मको रुपमा स्विकार गरिदै छ।कोरियन सालहरु, क्यालेन्डरहरु लगायत अन्य थुप्रै कुरामा जुछे साल, जुछे ईयर भनेर ब्याबहारिक रुपमा स्थापना गरिदै छ।संसार चलाएमान छ, संसारमा आफ्नो माटो सुहाऊदो दर्शन र वादको बिकाश गरियो भने चिरकाल सम्म त्यसले माया ममता र गोडमेल पाऊछ भन्ने सन्देश ऊत्तर कोरियाबाट सिक्न पर्छ। कुनै पनि आयातितवादहरु केहि निश्चित समयको अन्तरालमा आफै परिस्कृत र बहिस्कृत हुन्छन, त्यसको रक्षा रुपांतरण र बिकाश एक दुरदर्शि नेता र दार्शनिकको दिमागले मात्र सोच्न सक्छ भन्नेकुरा धुर्वसत्य कुरा हो।

एक युग पुरुषले आचरण बदलेर देश हाक्ने मात्र होईन नया सिद्धान्तको प्रतिबिंबित पार्टि निर्माण गर्न पनि सक्नुपर्छ। रोल्पाको थवाङबाट माओवादी शब्दावली झिकेर बिप्लवले कानमा तेल हालेर सुत्ने कोसीस गरियो भने त्यो ईतिहासको लागि सबभन्दा महत्वपूर्ण रिण हुनेछ ।

माओवादी शब्दावली झिकेर थप कम्युनिस्टहरुको धुर्विकरण हुने र त्यसको जगमा टेकेर माओ बिचारधारामा पार्टि पद्दति निर्माण र सन्चालन भयो भने आजको दिनमा माओ शब्द झुन्ड्यार राजनितिक ब्यापार गर्नेहरुको राजनिति ठुलो धर्म संकटमा पर्ने लगभग पक्का छ।

नेपालको माओवादी आन्दोलनमा देखिएको क्रान्तिकारि पार्टिको बिचमा एकता त्यति संम्भव र आसा जनक नदेखियपनि युवाको मन जितेर बिप्लवले दोस्रो धुर्विकरणलाई निरन्तरता दिए भने सम्भवत नेपालको मुख्य कम्युनिस्ट पार्टीको रुपमा देख्न कुनै आइतबार कुर्न पर्ने छैन।

अहिले नेपालमा देखियको सबै राजनितिक पार्टाको बिकल्पको रुपमा नेपाल कम्युनिस्ट पार्टी अगाडि आईरहेको सन्दर्भमा रोल्पामा सम्पन्न आठौ महाधिवेशनले थवाङ एक कम्युनिस्ट बिचारधारामा २२ बर्ष पछि नया भाईब्रेशन सुरु गरेको छ।

देशकाल र परिस्थिति बुझेर सैद्धान्तिक बहस र ब्याबहारिक पाटोमा पार्टीलाई सवल बनाऊन सके सबै सफेद कम्युनिस्टको लागि आसा र भरोसा भनेको नेपाल कम्युनिस्ट पार्टी नै हुनेछ। यो बिचारधाराले नेपालमा रहेका सबै सच्चा कम्युनिस्टको सुखद र खुसिको सन्देश दिने छ भन्ने सकरात्मक सोचको साथ अगाडि बढ्नु जरुरि छ।

प्रतिकृया दिनुहोस्

Loading...