मधेसी मोर्चा र एमाले कार्यकर्ताबीच झडप, २ घाइते

- जनकपुर, ११ फागुन ।
मोर्चाका कार्यकर्ताले बुधबार जनकपुरस्थित एमाले नेता रघुविर महासेठको घरमा ढुंगामुढासहित तोडफोड गरेपछि एमाले कार्यकर्ता प्रतिकारमा उत्रिता झडप भएको हो ।
जनकपुर पुगेका एमाले उपाध्यक्ष बामदेव गौतम महासेठको घरमा बसेका थिए । वामदेव त्यहाँ बसेका बेला मोर्चाका कार्यकर्ताले घरलाई घेरा हाली ढुंगामुढा गरेपछि एमाले प्रतिकारमा उत्रिएको हो । ढुंगामुढाबाट महासेठको घरको झ्यालको सिसा फुटेको हो ।
एमालेका कार्यकर्ताको प्रतिकारबाट मोर्चाका दुई कार्यकर्ता राजु साह र कुलदिप साह घाईते भएका छन् । एमालेका पनि केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
