कविता टुहुरो लोकतन्त्र :खाएका गोरुका हड्डीहरू खोजिरहेछु
वैरागी जेठा । |
लुड,ग्रीको दूध चुसेर मालिक निगाहा भइरहेछ
टुहुरो लोकतन्त्रलाई बदमाशहरू
जातिय नारा लगाईरहेछन् ।
जनयुद्ध लुत्रुक्क परेर झोक्राइरहेछ
लुड.ग्रीको आँगनमा म घुँडा टेकेर
बिन्ती गर्ने छैन मालिकलाई उनीहरूले
खाएका गोरुका हड्डीहरू खोजिरहेछु ।
लुड.ग्रीसँगै प्यारो थवाड,
अचेत छ यतिबेला जलजलासँगै डाँफेले भन्यो
खइ साथी लेनिनका तस्विरहरू टुहुरो लोकतन्त्र भनिरहेछ ।
स्टालिनका सपनाहरू गुँरासझैँ
चाउरी उकाछन् थवाड.को छातीमा !
प्रतिकृया दिनुहोस्
Loading...