मेलबर्नमा जहाज दुर्घटना पाँच जनाको मृत्यु

काठमाडौं, १० फागुन ।
अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
चार्टर उडानमा रहेको विमानको इन्जिनले काम नगर्दा दूर्भाग्यपूर्ण घटना हुन पुगेको विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।
उनीहरु तास्मानियास्थित किङ टापुको यात्रा लागि जाँदै थिए । यो टापु बीच र डेरीका सामानका लागि निकै लोकप्रिय मानिन्छ ।
विमान गोदाम घरमा खस्दा भएको भयानक घटनामा आफ्ना कर्मचारीहरु भने सुरक्षित रहेको भवनमा किराना पसल चलाउने एक महिलाले बताइन ।(एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...
