सकियो माओवादी महाधिवेशन, विप्लव पुनः महासचिव, पार्टीको नाम नेकपा

- दिया चन्द ।
रोल्पा १० फागुन ।
नेकपा (माओवादी) को आठौँ महाधीवेशन सकिएको छ । काठमाडौँमा फागुन १ गते उद्घाटन गरी फागुन ५ गतेबाट रोल्पाको थवाङमा जारी महाधिबेशन आज सकिएको हो ।
माओवादीको महाधिबेशनले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राखेको छ । बन्दसत्रमा विप्लवले प्रस्तुत् गरेको दस्तावेज सर्वसम्मतिका साथ पारित भएसंगै पार्टीको नाम परिवर्तन गरी कम्युनिष्ट पार्टी बनाइएको हो ।
त्यस्तै कम्युनिष्ट पार्टीको महासचिवमा पुनः नेत्र विक्रम चन्द 'विप्लव' सर्वसम्मत चयन भएका छन् । थवाङमा जारी आठौँ महाधीवेशनबाट महासचिव विप्लव रहेको केन्द्रीय समिति चयन भएको छ ।
त्यस्तै महाधिवेशनले एक केन्द्रीय सल्हाकार समिति पनी चयन गरेको छ ।महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद–लेलिनवाद–माओवादलाई अङ्गीकार गर्ने निर्णय गरेको छ ।
नेपालका सबै वामपन्थी कम्युनिष्ट र माओवादी आन्दोलनबाट आएका सबै घटकहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित नेपाल कम्युनिष्ट पार्टी निर्माण गरिएको पार्टीका नेता खडक बहादुर बिक 'प्रकाण्ड'ले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यलयले महाधिवेशनको निर्णय फागुन १४ गते रोल्पाको लिवाङमा एक खुला सभा गरी सार्बजनिक गर्ने जानकारी दिएको छ ।
अधिबेशन सम्बन्धित यी समाचारहरु पढ्न छुट्नुभयो कि ?
अधिबेशन सम्बन्धित यी समाचारहरु पढ्न छुट्नुभयो कि ?
प्रतिकृया दिनुहोस्
Loading...