चुम्बन गरेपछि भयो यी युवतीको मृत्यु
प्रेममा डुबेका जोडीका लागि एक अर्काको साथ निकै महत्वपूर्ण हुन्छ ।
सबैसँग लुकिछिपी भएपछि प्रेम गर्ने जोडी एक अर्कालाई एक्लै भेट्न निकै लालायित हुन्छन् ।
मौका पाएको अवस्थामा निकै खुसी पनि ।
एक्लै हुँदा आफ्नो प्रेम व्यक्त गर्न जोडीले एक अर्कालाई अंगालो हाल्ने, चुम्बन गर्नेजस्ता व्यवहार गर्न सक्छन् ।
तर यहि निकटता कसैको मृत्युको कारण बन्छ भने तपाईं के भन्नुहुन्छ ? आज हामी तपाईंलाई यस्तै अचम्मका घटनाबारे जानकारी दिँदैछौं जसमा जोडीको चुम्बन गर्ने क्रममा मृत्यु भयो ।
क्यानडाको मोन्ट्रियालमा बस्ने २० वर्षीया मिरियम आफ्ना प्रेमीसँग पार्टीमा रमाइलो गरिरहेकी थिइन् । पार्टीपछि उनका प्रेमीले मिरियमलाई चुम्बन गरेका थिए ।
तर दुबैलाई यो कुरा थाहा थिएन कि उक्त चुम्बन मिरियमको लागि अन्तिम हुनेछ । वास्तवमा मिरियमलाई बदामबाट एलर्जी थियो । चुम्बन गर्नुभन्दा पहिले मिरियमका प्रेमीले बदाम बटर भएको स्यान्डविच खाएका थिए । यसैकारण मिरियमको ज्यान गयो ।
के थियो पूरा घटना ?
पार्टीमा मिरियमका प्रेमीले बदाम बटरभएको स्यान्डविच खाएका थिए । त्यसको केही बेरपछि उनले मिरियमलाई चुम्बन गरे । चुम्बन गरेको केही समयपछि मिरियमको स्थिती बिग्रन थाल्यो ।
उनलाई सास फेर्न गाह्रो भयो । यस्तो हुँदा मिरियमले प्रेमीलाई सोधिन्, ‘के तिमीले बदाम खाएका थियौ ?’ । त्यतिबेला मिरियमसँग इपिपेन पनि थिएन जुन एनेफाइलेक्सिसको इमरजेन्सी उपचारमा काम आउँछ ।
प्रेमीले उनलाई लिएर तुरुन्त अस्पताल गए जहाँ उनको मृत्यु भयो । उनको मृत्युको कारण सेरेब्रल एनोक्सिया थियो । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो । उनका प्रेमीलाई यो कुरामा निकै अफसोस भयो । घटना सन् २०१२ को हो ।
प्रतिकृया दिनुहोस्
Loading...