एमालेले जित्छ भनेर सरकारले चुनाव घोषणा गरेनः ओली

  • काठमाडौं, २३ माघ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दावी गरेका छन्। 

अध्यक्ष ओलीले सरकार निर्वाचन गराउनका लागि गठन नभएको जिकीर समेत गरे। सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले कहिले निर्वाचनको मिति घोषणा गरेजस्तो गरेको र कहिले संविधान संशोधन गरे जस्तो गरेर आलटाल गरिरहेको पनि स्पष्ट पारे। उनले आफनो पार्टीले निर्वाचन गराएरै छोडने दृढता पनि व्यक्त गरे। 

एक वर्ष भित्र तीन वटै तहको निर्वाचन नभए मुलुकमा राजनीतिक र संवैधानिक संकट आउने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो संकट आउन नदिन एमाले सक्षम रहेको पनि दोहोर्‍याए। उनले सरकार आफनो आयू लम्ब्याउन विदेशीको इसारामा चलिरहेको आरोप पनि लगाए। 

अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रलाई दवाव दिएरै भए पनि निर्वाचनमा लैजाने दावी पनि गर्नु भरेका छन्। उनले एमाले पहिलो पार्टी हुने देखेपछि सरकार निर्वाचनबाट हच्किएको तर्क पनि गरेका थिए। यसैबीच ओलीको कार्यक्रमका लागि निजी विद्यालयको बसको व्यवस्था गरिएको थियो। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...