विश्वकप फुटबल - ८० खेलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

  • काठमाडाैँ, २८ माघ ।

विश्वकप फुटबलमा ४८ वटा राष्ट्रलाई सन् २०२८ बाट सहभागी गराइने फिफाले निर्णय गरेको छ । ३२ टोली सहभागी हुने गरेको प्रतियोगितामा सन् २०२८ पछि १६ वटा समुह बनाएर प्रतिस्पर्धा हुनेछ ।

तीन तीन राष्ट्र सहभागी हुने ती समुहबाट दुई दुई वटा राष्ट्र अन्तिम ३२ का छनौट हुने फिफाले जनाएको छ । बीबीसीका अनुसार स्विट्जरल्याण्डको जुरिजमा भएको विश्व फुटबल महासंघ फिफाको पुर्ण बैठकले सहभागी राष्ट्रको संख्या बढाउने निर्णय गरेको हो ।

पहिला ३२ टोली सहभागी हुँदा ६४ खेल हुन्थे भने अब ८० वटा खेल हुनेछ । विजयी हुने टोलीले सर्वाधिक ७ खेल खेल्ने छ । ३२ दिनमा सकिने प्रतियोगिताका कारण शक्तिशाली मानिएको युरोपियन क्लब फुटबलको तालिकालाई असर नपार्ने फिफाले स्पष्ट पारेको छ । सन् १९९८ यता विश्वकप फुटबलमा कुनै पनि परिवर्तन भएको पहिलो पटक हो ।

फिफा अध्यक्ष जियानी ईन्फान्टीनोले विश्वकप फुटबल थप समावेशी हुँदै गएको प्रतिक्रिया दिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...