सीके राउतका समर्थकको कार्यक्रममा गृहमन्त्री निधि प्रमुख अतिथि !

- जनकपुर, ७ फागुन ।
माघ २४ गते धनुषाको जनकपुरस्थित एक कार्यक्रममा नेपालको अखण्डतासँग खेलबाड गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका मन्त्री निधि पृथकतावादी सीके राउत समर्थित संस्थाको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका हुन् ।
जनकपुरमा आयोजित कार्यक्रममा उनले कसैले राष्ट्रिय अखण्डतालाई विथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए ।
तर, विहिबार (हिजो)देखि जनकपुरमै सुरु भएको सीके राउत पक्षधरको नेपाल–भारत सम्बन्ध सम्वाद कार्यक्रममा उपस्थित भएर गृहमन्त्री निधिले भाषण समेत गर्न भ्याए ।
उक्त कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।
दैनिक नेपालबाट
प्रतिकृया दिनुहोस्
Loading...