स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

  • काठमाडौं, ७ फागुन । 
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १८ गतेदेखि हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन ११ गते निर्वाचनको प्रक्रिया सुरु हुने छ । ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गरिने छ । 

त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका बनको छ ।

फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।

१५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाईनै तय गर्न अनुमति दिएको छ ।

तालिका



, ,

प्रतिकृया दिनुहोस्

Loading...