एक त कच्ची बाटो, त्यसैमाथि क्षमता भन्दा दोब्बर यात्रु..

  • बझाङ,२० माघ ।

बझाङको ग्रामीण क्षेत्रमा चल्ने गाडीले क्षमता भन्दा धेरै यात्रु राख्दा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

बझाङमा चल्ने धेरैजसो गाडीमा क्षमता भन्दा दोब्बर यात्रु हुने गरेका छन् । कच्ची बाटो त्यसमाथि गाडीमा क्षमता भन्दा दोब्बर यात्रु हुँदा दुर्घटनाको जोखिम बढेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमखेतले जनाएको छ ।

गाडी चालक तथा यात्रु सबैलाई क्षमता भन्दा बढी यात्रु भए दुर्घटनाको जोखिम हुन्छ भन्ने थाहा भएपनि व्यवहारमा भने कार्यान्वयन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफूहरु बढी यात्रु राख्ने गाडी तथा त्यसका चालकलाई कारवाही गर्ने र यात्रुलाई सचेत गाउने अभियानमा लागेको ट्राफिक प्रहरीको भनाई छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...