रुघा लाग्दा नाकले किन सुँध्न सक्दैन ? यस्तो छ रहस्य



काठमाडौं २० माघ।

रुघा लाग्दा हाम्रो नाकको सुँघ्ने क्षमता राख्दैन । बाहिरबाट आउने कुनै पनि प्रकारको गन्ध महसुस गर्न सक्दैन । यस्तो किन हुन्छ ? के नाकले दीर्घकालसम्मै सुँघ्न नसक्ने परिस्थिति पनि निम्तिन सक्छ ?

किन सुँध्न सक्दैन ?

विशेषज्ञ भन्छन्ः रुघा–खोकी लागेका वेला दुई सय प्रकारका जीवाणु (भाइरस) सक्रिय हुन्छन् । यिनै भाइरसले नाकलाई सुँघ्न नसक्ने अवस्थामा पुर्यादउँछन् । कहिलेकाहीँ साना भाइरसले आक्रमण गर्दा पनि नाकले गन्ध थाहा नपाउने हुनसक्छ ।

रुघा निम्त्याउन भूमिका खेल्ने जीवाणुले नाकमा हुने ‘अलफ्यक्टोरी नर्भ’लाई दबाएर राखेको हुन्छ । यो नसा दबिएकै कारण रुघा लाग्दा बिरामीको सुँघ्ने क्षमतामा ह्रास आउँछ ।

दीर्घकालीन पनि हुनसक्छ ?

रुघा लागेर सुँघ्न नसक्ने समस्या जीवनभर पनि हुनसक्छ । रुघा बिग्रिए तथा पिनासमा समस्या आए यो खतरा रहन्छ । तर, नाकभित्रको नसा नर्मल भएको अवस्थामा सुँघ्ने क्षमता फर्काउन सकिने पनि हुनसक्छ ।

रुघा–खोकीको उपचार के ?

रुघा–खोकी सामान्यतया सात दिनभित्र आफैँ निको हुन्छ । औषधि खाएर रुघा पूर्ण रूपमा निको हुने होइन । रुघा लाग्दा औषधि खाएर कन्ट्रोल मात्रै गर्न सकिने हो । रुघा ठीक भएपछि भने नाकको सुँघ्नसक्ने क्षमता आफैँ सामान्य अवस्थामा आउँछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...