नेवि संघ र वार्इसीएलबीच झडप हुँदा रुकुम सिमबजार पुरै आतंकित

  • रुकुम, ८ फागुन ।
रुकुमको आठबिसकोटमा आज नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)बीच झडप भएको छ । झडपका क्रममा स्थानीय सिमबजारमा रहेका स्थानीयका सातवटा घुम्ती पसल भत्केका छन् ।

आज दिउँसो नेवि सङ्घ र वाइसिएलका कार्यकर्ताबीच झडप हुँदा सिमबजारमा रहेका घुम्ती पसल भत्केको स्थानीयवासी कमल शाहले जानकारी दिए ।

गत फागुन ४ गते आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेद्वारी दर्ताका क्रममा नेवि सङ्घका अध्यक्ष उम्मेदवार सुजल शाहीमाथि वाइसिएलले आक्रमण गरेपछि त्यहाको अवस्था तनाबग्रस्त बन्दै आएको शाहको भनाइ छ ।

आफ्ना उम्मेद्वारमाथि साङ्घातिक आक्रमण भएको भन्दै नेवि सङ्घले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।

आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरीले शाहीमाथि आक्रमण गर्ने वाइसिएलका जिल्ला उपाध्यक्ष मानबहादुर चनारालाई पक्राउ गरे पनि प्रहरी नायब उपरीक्षक र प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रका नेताको जमानीमा छोडिदिएका थिए ।

यहाँ दैनिकजसो नेवि सङ्घका कार्यकर्ता र वाइसिएलबीच झडप हुँदा राडीबजारका स्थानीयवासी सुरक्षा माग्दै प्रहरी कार्यालयमा जाने गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...