माओवादी महाधिबेशनमा के के भयो ? के भने प्रतिनिधिले, कस्तो आयो विप्लवको जवाफ

- कमल बुढा ।
- काठमाडौँ ९ फागुन ।
बन्दसत्रको चौथो दिन आइतबार महासचिब विप्लवले पेस गरेको राजनीतिक दास्तावेज माथि प्रतिनिधिहरुको २१ समूहको छलफलमा उठेका बिषयको निष्कर्ष राख्ने क्रम सकिएको छ ।
फागुन ६ गते बिहानबाट सुरु भएको समुहगत छलफल सकिएपछि आइतबार बिहान ८ बजेदेखी समूहका लिडरहरुले आफ्ना छलफलमा उठेका विषयबस्तुको निष्कर्ष राखेका हुन्।
पार्टीको नाम फेर्ने बारे मिश्रीत धारणा
महाधिवेशनमा आफ्ना धारणा राख्ने प्रतिनिधिले पार्टीको नाम फेर्नेबारे मिश्रीत धाराणा राखेका छन् । केही प्रतिनिधिहरुले माओवादी मान्यतालाई कायम राख्न र आफ्नो पहिचान जोगाउन झन् माओवादीलाइ स्थापित गरेर जानुपर्ने भन्दै पार्टीको नाम फेर्न नपर्ने र्क गरेका छन्।
त्यस्तै केही प्रतिनिधिहरुले भने पार्टीको नामले भन्दा पनि पार्टीको काम र कार्यदिशाले क्रान्ति गर्ने भन्दै पार्टीको नाम फेर्दा पनि खासै समस्या नपर्ने धारा राखेका छन् ।
पार्टीको कार्यदिशाले जनताको हित गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सकियो भने नेपालको बाकी रहेको क्रान्तिको कार्यभार पुरा गर्न सकिने भन्दै अधिकांस प्रतिनिधिहरुले पार्टीको नाम फेर्ने कुरामा समर्थन जनाएका छन् ।
खास गरी अहिले नेपालमा बिदेशीको हस्तक्षेप निकै बढ्दै गइरहेको भन्दै अधिकांस प्रतिनिधिहरुले एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार काममा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने कुरा जोडतोडका साथ राखेका थिए ।
पुरानो सत्ताका मतियारहरुले आफ्नो साशन टिकाइराख्न अनेक सड्यन्त्र गरिरहेको, सिंगो देश विखण्डनतिर जान लागेको र ‘जनयुद्ध’ को उपलब्धि समेत धरापमा पर्ने खतरा बढेको भन्दै तत्काल सशक्त आन्दोलनको सुरुवात गर्नुपर्नेमा अधिकांस प्रतिनिधिहरुले जोड दिएका हुन्।
राज्यले दमन गरे प्रतिरोध गर्नुपर्ने धाराणा
बन्दसत्रमा आफ्नो भनाइ राख्ने क्रममा अधिकांस प्रतिनिधिहरुले राज्यले आफूहरुमाथि दमन गरेको खण्डमा तत्काल सशक्त प्रतोरोध गर्नुपर्ने धारणा राखेका छन् ।
सहभागी एक प्रतिनिधिले भने 'बन्दसत्रमा भ्रष्ट, दलाल र जनविरोधीको विरुद्धमा सशक्त कारबाही गर्दै जनक्रान्तिलाई घनिभूत बनाउनुपर्ने, सत्ता दमनमा उत्रिए हात बाँधेर बस्नु नहुने सुझाब आएका छन्।,
जनताको अधिकारका लागी शान्तिपुर्ण तरिकाले लड्न खोज्दा यदी सरकार दमनमा उत्रिन्छ भने हामीले पनि ‘जनविरोधीलाई प्रहार गर्नैपर्छ भन्ने धेरै साथीहरुको भनाइ रहेको छ। हलमा यो मत नै सबैभन्दा शक्तिशाली रहेको छ ।'
सेना र जनसत्ता निर्माण बारे व्यापक बहस
बन्द सत्रमा जनसेना निर्माण गर्ने र जनसत्ता चलाउने विषयमा व्यापक बहस भएको छ । दश वर्षे जनयुद्धको गम्भिर समिक्षा गर्दै प्रतिक्रान्ति रोक्ने दिशातिर लाग्नका लागी जनसेना र जनसत्ता निर्माणका बारेमा बन्दसत्रको बहस केन्द्रित हो ।
बन्द सत्रको छलफलमा प्रतिनिधिहरुले तात्काल ‘जनयुद्ध’ को जगमा उभिएर ‘एकीकृत जनक्रान्ति’को विकास गर्न जनवादी सत्ता, न्यायालय, सेना र सोही प्रकारको संगठन निर्माण गर्न ब्यापक सुझाव दिएका हुन्।
यसबारेमा पोखराबाट सहभागी एकजना प्रतिनिधिसंग इमान्दार मिडियाले प्रतिक्रिया लिन खोज्दा उनले भने ‘सेना नभएको कम्युनिष्ट पार्टीले जनताको राज्य सत्ता स्थापना पनि गर्न सक्दैन र देशमा आफ्नो अगुवाइमा भएको परिवर्तनलाई संस्थागत गर्न सक्दैन त्यसैले सेना निर्माण पनि एउटा महत्वपूर्ण पाटो हो भनेर हामीले यो बिषयलाई ब्यापक जोडतोडका साथ् उठाएका छौ ।’
संघीय ढाँचा अनुरुपकै संगठन बनाउन सुझाब
त्यस्तै बन्दसत्रमा संघीयता मुलुकको आवश्यकता बन्दै गएकाले पार्टीको संगठनात्मक ढाँचा संघीयता अनुरुपकै बनाउन उपयुक्त हुने सुझाव पनि आएका छन् ।
प्रतिनिधिहरुले संघीय ढाँचा अनुसारको संगठन बनाउँदा ‘दलालहरुको निगाहमा जारी संघीय संविधान’ स्वीकार गरेको भ्रम हुनसक्ने बारे पनि सचेत रहदै पार्टीको संरचना संघिय ढाँचाको बनाउन सुझाब दिएका हुन्।
प्रतिनिधिहरुले संघीय ढाँचा अनुसारको संगठन बनाउँदा ‘दलालहरुको निगाहमा जारी संघीय संविधान’ स्वीकार गरेको भ्रम हुनसक्ने बारे पनि सचेत रहदै पार्टीको संरचना संघिय ढाँचाको बनाउन सुझाब दिएका हुन्।
पार्टीको अध्यक्ष हैन महासचिब बनाउ
बन्दसत्रमा पार्टीको संगठन केन्द्रीय संरचनामा महासचिव प्रणाली नै उपयुक्त हुने सुझाव नै वलियो बन्दै गएको छ । ‘अन्तरराष्ट्रिय इतिहासमा कम्युनिष्ट अभ्यास हेर्दा अध्यक्षात्मक प्रणालीको पनि प्रयोग भएको देखिन्छ,’ पार्टी प्रवक्ता खड्क विश्वकर्मा ‘प्रकाण्ड’ ले बन्द सत्र सुरुकै दिन भनेका थिए, ‘नेपालमा महासचिव प्रणाली नै ठिक हुन्छ ।’
हलमा सहभागी प्रतिनिधिहरुले पनी आफ्ना धारणा राख्दा पार्टी संरचनामा पार्टीको अध्यक्ष भन्दा पनी महासचिब नै बनाउन सुझाब दिएका छन् ।
बन्दसत्रमा पार्टीको संगठन केन्द्रीय संरचनामा महासचिव प्रणाली नै उपयुक्त हुने सुझाव नै वलियो बन्दै गएको छ । ‘अन्तरराष्ट्रिय इतिहासमा कम्युनिष्ट अभ्यास हेर्दा अध्यक्षात्मक प्रणालीको पनि प्रयोग भएको देखिन्छ,’ पार्टी प्रवक्ता खड्क विश्वकर्मा ‘प्रकाण्ड’ ले बन्द सत्र सुरुकै दिन भनेका थिए, ‘नेपालमा महासचिव प्रणाली नै ठिक हुन्छ ।’
हलमा सहभागी प्रतिनिधिहरुले पनी आफ्ना धारणा राख्दा पार्टी संरचनामा पार्टीको अध्यक्ष भन्दा पनी महासचिब नै बनाउन सुझाब दिएका छन् ।
विप्लवले सुरु गरे दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन
समुहका लिडरले आफ्ना धारा राख्ने काम दिउसो ४ बजे सकिपछि आइतबार नै विप्लवले करिब ३ घण्टा दस्तावेजमाथि उठेका टिप्पणीका बारेमा आफ्नो प्रष्टीकरण राखेका छन् ।
विप्लवले पेस गरेको दस्तावेजमाथि छलफलको लागि विभाजन गरिएको ब्यूरो, प्रवास, जवस र सेनाको गरी २१ वटा समूहका लिडरले सुझाव र निष्कर्ष पेश गरिसकेपछि विप्लवले आफ्ना धारा राख्न राखेका हुन् ।
सोमबार प्रनितिधिहरुका बिचमा थप अन्तरक्रिया गरिसकेपछि विप्लवले अन्तिम निष्कर्ष राख्ने छन् । विप्लवको मन्तब्य पछि दस्तावेज पारितको चरणमा पर्बेश गरे छ ।
सोमबार दस्तावेज पारित हुने
माओवादी माहासचिब विप्लवले पेस गरेको राजनीतिक दस्तावेज सोमबार पारित हुने छ। समूहबाट प्रस्तुत सुझावलाई एकीकृत गरी सकेपछि विधान र राजनीतिक प्रतिवेदन पारित हुनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको लागी अर्को सत्र सुरु हुने छ ।
रोल्पामा सभा गरेर महाधिवेशनको निर्णय सार्बजनिक गरिने
माओवादीले बन्द सत्र सकिएको केही दिन पश्चात अर्थात् फागनु १४ गते रोल्पामा सभा गरेर उक्त सभा मार्फत महाधिवेशनका सम्पूर्ण निर्णयहरु सार्बजनिक गर्ने भएको छ ।
उक्त सभामा ‘जनयुद्धका सहिद परिवार, घाइते, अपांगलाई सम्मान गर्ने तयारी भइरहेको बुझिएको छ। रोल्पा लगायत राप्ती क्षेत्रका जनताको उपस्थितिमा सभा गरिने छ ।
सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने छन् । पार्टी विभाजपछि वैद्यकै नेतृत्व हुँदा माओवादीले रोल्पामा खुला सभा गरेको थिएन ।
वैद्य र विप्लव विभाजनपछि पनि खुला सभा भएनन् । बन्दसत्र पश्चात पहिलो पटक सदरमुकाममा खुला सभा हुने भएको हो ।
फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी ५ गतेबाट थवाङमा जारी महाधिवेशन फागुन १० गते सकिदै छ ।
अहिलेको संबिधान निर्माण प्रक्रिया प्रति गम्भिर असहमति जनाउदै आएको माओवादीले रोल्पाको थबाङलाई फेरि पनि मुख्य आधार इलाका ठान्दै थबाङमै आठौं महाधिवेशनको बन्द सत्र आयोजना गर्ने निर्णय गरेको थियो।
महाधिबेशन सम्बन्धि यो समाचार छुटाउनुभयो कि ?
प्रतिकृया दिनुहोस्
Loading...