पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैन: सञ्चारमन्त्री कार्की

- काठमाडौं, ७ फागुन ।
राष्ट्रिय समाचार समितिको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए ।
सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने, ‘पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन ।
कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।’उनले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए ।
सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्राष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिए । पोखरेल पूर्वराससकर्मी पनि हुन् ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिए ।
सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्
Loading...