रोल्पा पुगेर प्रचण्डले गरे यस्तो भाषण, विजुली बाल्न जनताले पैसा तिर्न नपर्ने

- रोल्पा ६ फगुन ।
विप्लव माओवादीले रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र गरिरहँदा यता यता सदरमुकाम पुगेर प्रचण्डले यस्तो भाषण दिएका हुन् ।
रोल्पा उद्योग वाणिज्य महासंघले लिवाङमा आयोजना गरेको रोल्पा महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले अब रोल्पाली जनता अध्याँरोमा बस्नु नपर्ने भन्दै रोल्पालीको घर घरमा विजुली पुर्याइदिने बताएका छन ।
विजुलीका लागि रोल्पालीले पैसा तिर्नुनपर्ने समेत उनले आश्वासन दिएका छन् । रोल्पा पर्यटनको लागि पनि महत्वपूर्ण जिल्ला भन्दै उनले युद्व पर्यटनको सम्भावना अरु जिल्लासँग तुलना नै गर्न नसकिने बताए ।
उनले कृषि, पशुपालन, खेलकुद लगायतका क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याएर मात्र थवाङमा विशेष कार्यक्रम गरिने रोल्पालीलाई भ्रम छरेका छन ।
प्रचण्डले रोल्पाका लागि २९ करोड बजेट छुट्टयाइएको उल्लेख गर्दै रोल्पाका लागि छुट्याइएको बजेट फ्रिज नगराउनसमेत उनले सोही मञ्चबाट जिल्लाका अधिकारीहरुलाई निर्देशन दिएका छन ।
रेडियो तहल्का सल्यानको सहयोगमा
रेडियो तहल्का सल्यानको सहयोगमा
प्रतिकृया दिनुहोस्
Loading...