प्रकृया अघि बढी सक्यो निर्वाचनलाई कसैले रोक्न सक्दैन : उर्जामन्त्रि शर्मा

  • ताप्लेजुङ, २१ माघ । 
उर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । निर्वाचन गर्ने सरकारको निर्णय संगै प्रकृया समेत अघि बढिसकेको भन्दै उनले अव निर्वाचन गर्ने सवालमा कसैले रोक्न नसक्ने दावी गरे ।

बिद्युत विकासका संभावना, समस्या र चुनौती बिषयक अन्तरकृया कार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङ सदरमुकाम आएका मन्त्रि शर्माले यनका पत्रकारहरु संग कुराकानी गर्दै निर्वाचनको मिति तोक्ने जिम्मा अब निर्वाचन आयोगले पाएको र आयोगले मिति तोक्ने तयारी गर्दै गर्दा निर्वाचनको बातावरण बनाउन सरकारले थप प्रयास गर्ने बताए ।

आयोगले मिति तोक्ने समय सम्म राजनैतिक रुपमा देखिएका समस्या, संविधान संसोधन र मधेशबादी दलहरुले उठाएका समस्याका विषयमा गम्भिर रुपमा छलफल गरि निस्कर्षमा पुग्ने शर्माको दावी छ । 

अवको १५ दिन भित्रमानै राजनैतिक रुपमा देखिएका समस्यालाई हल गर्ने र एमालेलाई समेत साथमा लिएर संविधान संसोधनको प्रकृया अघि बढाउने सरकारको तयारी रहेको मन्त्रि शर्माले बताए । 

पुर्नसंरचना आयोगले दिएको प्रतिवेदन माथी मुलुकभरबाट गुनासा आएकाले तिनिहरुको बारेमा सुझाब पेश गर्न सरकारले कार्यदल समेत बनाएको र उसले पाएको १५ दिनको अवधि भित्र एमाले लगाएतका दलहरु संग छलफल गर्ने मन्त्रि शर्माको भनाई छ ।

यस्तै सरकार संग दुई तिहाई बहुमत नभएकाले संविधान संसोधनको प्रकृयालाई अघाडी बढाउन एमालेलाई समेत साथमा लिने तर साथ नदिए पनि संसोधनको कुरामा सरकार अलमलमा नपर्ने उनले स्पष्ट पारे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...