कुलमानले निर्देशन दिएपछि चितवन पनी आजदेखि लोडसेडिङ मुक्त

  • काठमाडौं २७ माघ । 
सुरुमा काठमाडौँलाइ लोडसेडिङ मुक्त बनाएको नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त बनाएको छ । 

प्राधिकरणले औद्योगिक फिडरबोह चितवनका सबै क्षेत्रमा अब लोडसेडिङ नहुने जनाएको छ । एक सातादेखी चितवनमा लोडसेडिङ हटाउनको लागी परीक्षण गरिरहेको थियो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई फोन गरेर लोडसेडिङ नगर्न निर्देशन दिएपछि चितवन लोडसेडिङ मुक्त भएको हो । 

प्राधिकरणका अनुसार सबै प्राविधिक तयारी पुरा गरेर बिहीबारदेखि बिद्धुत लाइन काट्न बन्द गरिएको छ ।
पुर्व तालिका अनुसारनै औधोगिक फिडरमा भने लोडसेडिङ हुने छ । राति ८ः३० देखी विहान ६ वजेसम्म र विहन ९ वजेदेखी अपरान्ह ४ वजेसम्म विजुली आउने छ ।

केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनललाई छिटै लोडसेडिङमुक्त गरिने बताएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...