खुला मञ्चबाट जनबिरोधि मिडियालाई सार्वजनिक गछौँ : माओवादी प्रवक्ता प्रकाण्ड

  • काठमाडौँ २७ माघ ।
नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डले  नेपालका केही ठुला भनिएका मिडियाहरु जनविरोधी बन्दै गएको भन्दै तिनको नाम सार्बजनिक गर्ने चेतावनी दिएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आज काठमाडौंमा आयोजना गरेको एक आन्तरिक छफलका क्रमामा प्रकाण्डले यस्तो भनाइ व्यक्त गरेका हुन्  ।

प्रवक्ता प्रकाण्डले केही मिडियाहरु योजनावद्ध रुपमा जनताको विरुद्धमा लागेको बताउँदै आवश्यक परे त्यस्तो मिडियाहरुलाई खुला मञ्चबाट सार्वजनिक गर्ने बताए ।

आफ्नो पार्टी निकट पत्रकारहरु संगको छफलमा प्रकाण्डले आगामी फागुन १ गतेबाट सुरु हुने महाधिवेशनको तयारी अन्तिम चरण पुगेको बताएका छन् ।

छलफलमा उनले विचार र व्यवहार मिलेमात्र क्रान्ति हुने बताउँदै आफ्नो पार्टीले एक सशक्त विचार निर्माण गर्न लागेको खुलासा समेत गरे ।

प्रकाण्डले भने ‘कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गको पार्टी हो, यसको विचार र व्यवहार मिल्नुपर्छ ।’ त्यस्तै उनले आफ्नो पार्टीले महाधिवेशनबाट नयाँ विचार सश्लेषण गर्ने र त्यसलाई लागु गरेर नेपालमा क्रान्ति सम्पन्न गर्ने बताए ।

नेपाली क्रान्ति र विश्व क्रान्तिलाई पूरा गर्न दर्शन, समाज विज्ञान र राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नयाँ बहस अगाडि सारेको प्रकाण्डकाे भनार्इ थियाे । ‘केही नयाँ बहसलाई अगाडि सारको छौँ, त्यसलाई महाधिवेशनले विचारको तहमा सश्लेषण गर्छ’ प्रकाण्डले भने ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...