उपराष्ट्रपति पुनलाई भेट्न नर्भिक पुगे प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं, १६ फागुन ।

अस्वस्थ भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अस्पताल पुगेका छन् ।

सो क्रममा प्रचण्डले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै प्रभावकारी उपचार गर्न चिकित्सकहरुलाई आग्रह गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राती पुनलाई नर्भिक भर्ना गरिएको थियो । सिंगटासँगै तारन्तार बमिट भएसँगै सिरिसय बनेपछि आइतबार राती पुनलाई अस्पताल भर्ना गरिएको हो ।

उनको रगतमा सोइडियमको मात्रा कमी देखिएको छ भने अहिले अवस्था सुधारउन्मुख रहेको पुनका निजी चिकित्सक शिवजी सिलवालले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...