अबको परिवर्तन एकीकृत जनक्रान्तिबाट : नेता विश्व

डिल्लीराज रावत, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज शर्मा 'विश्व'ले आठौ महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको बताएका छन् ।
पार्टीको जिल्ला सचिवालय बैठकलाई सम्बोधन गर्दै पूर्व सेक्रेटेरी समेत रहेका विश्वले पार्टी कार्यकर्तालाई पार्टीको नामबारे भ्रममा नपर्न भन्दै महधिवेशनको सन्देश तलसम्म लागु गर्न निर्देशन दिए ।
पार्टीको नाम कम्युनिष्ट राखेर पार्टीले सबैलाई मिलाउने अभियान लागेको भन्दै उनले माओवाद मात्र हैन माक्सवाद, लेनिनवाद मान्नेहरुलाई कम्युनिष्ट झण्डाभित्र राखेर अघि बढ्ने बताए। अबको परिवर्तनको नेतृत्व एकीकृत जनक्रान्तिले गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी लोकपाल केसीले पार्टीले निर्माण गरेको जनपरिषद्मा विभिन्न मुद्दाहरू परेको भन्दै जनताको पक्षमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । बैठकले महाधिवेशनको व्यस्ततामा गर्न नसकेको बागचौरको १४ गतेको बलिदान दिवस स्थानीय स्तरमा गर्ने निर्णय गरेको छ ।
जसअनुसार बागचौरमा फागुन १९ गते, फारूला र कपुरकोटमा २० गते अनि झिम्पेमा २१ गते गरिने कम्युनिस्ट पार्टी सल्यानले जनाएको छ । सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन २१ गतेको झिम्पेमा बनाईएको सहिद गेटको उद्घाटन गरिने बताइएको छ ।
२०७३ फागुन १६ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...