बेनीमा पहिरो खस्यो पूर्व जाने गाडी अलपत्र



काठमाडौं ९ फागुन।

विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा पहिरो गएको छ । पहिरोका कारण राजधानीबाट पुर्व जाने र आउने गाडीहरु अलपत्र परेका छन् ।

भुकम्पक कारण चर्किएको करिब २० मिटर सडक सुनकोशीमा खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकको भाग गएराती ११ बजेतिर खसेको बताईएको छ ।

पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु रोकिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...