एकाबिहानै त्रिशुलीमा जिप खस्यो, एकै परिवारका २ बेपत्ता

चितवन ९ फागुन।
सोमबार बिहानै चितवनको कविलासमा बोलेर जिप त्रिशुली नदीमा खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
चितवनको खैरहनीबाट कोठा सरेर गोरखा जाँदै गरेका गोरखा ताकुकी विष्णुमाया गुरुङ्ग र उनका नाति कविन गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रमुख दिपक थापले जानकारी दिए ।
दुर्घटनामा विष्णुमायाका छोरा भिमबहादुर र बुहारी रिमा घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बा ३ च ७५४३ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल त्रिशुलीमा खसेको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...