शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित (हेर्नुस् नामावली)

- काठमाडौं १२ फागुन ।
लोकसेवा आयोगले रापत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ शाखा अधिकृतको लागि लिएको प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
राजपत्रांकित तृतिय श्रेणी अर्थात् शाखा अधिकृतका लागि गएको माघ २९ गते लिएको प्रथम चरणको परिक्षामा ४ हजार ५ सय ५५ जना उतीर्ण भएका छन् । उत्तर पुस्तिकामा कि उल्लेख नगर्ने ९० जनाको उत्तरपुस्तिका भने रद्द गरिएको आयोगले जनाएको छ ।
आयोगले सबै सेवामा खुला र समावेशी गरी ५ सय ४ जना शाखा अधिकृतका लागि दरखास्त आव्हान गरेकोमा २० हजार ८ सय ७ जना पहिलो चरणको परीक्षामा सम्मिलित भएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...