ओलीले प्रचण्डलाई भेटेर भने 'संविधान संशोधन विधेयक प्रक्रियामा लैजानुस'

- काठमाडौँ, १२ फागुन ।
आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताइन । बैठकमा अध्यक्ष ओलीले संसद अवरुद्ध नगर्ने बचन प्रधानमन्त्रीलाई दिएका थिए ।
आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताए ।
“सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले भनिन् ।
प्रतिकृया दिनुहोस्
Loading...