स्वास्थ्य सेवा ऐन कार्यन्वयनको माग राख्दै देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ कार्यन्वयनको माग राखेर देशैभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन ।
यस क्रममा गएको फागुन ८ गतेदेखि उपत्यककाका काठमाडौं, ललितपुर, भक्तपुर सहित ७५ जिल्लाका जिल्ला जन÷स्वास्थ्य कार्यालयहरु बन्द रहेका छन ।
स्वास्थ्यकर्मीहरु तालाबन्दी गरेर धर्नामा बसेपछि जन÷स्वास्थ्य कार्यालयहरुले प्रदान गर्ने प्राविधिक तथा प्रशासनिक सेवाहरु अवरुध्द भएको छ ।
ऐनमा भएको व्यवस्था कार्यन्वयनका लागि स्वास्थ्य मन्त्रालयले चासो नदिएपछि स्वास्थ्यकर्मीहरु यसरी आन्दोलित भएका हुन ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ मा २०७०÷१२÷१२ भन्दा अघि स्तरवृध्दि वा तहमिलान भएका स्वास्थ्यकमीहरुलाई सो अनुसारको पदमा पदस्थापना गरिने भनी स्पष्ट उल्लेख गरिएको छ, तर सो दफा अनसार स्वास्थ्यका कर्मचारीहरुको पदस्थापना हुन सकेको छैन ।
यो विषयलाई लिएर स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन केन्द्रिय समन्वय समितिले आन्दोलन अघि बढाएको अखिल नेपाल स्वास्थ्यकर्मी संगठनका महसचिव राम कुमार श्रेष्ठले इमान्दार मिडियालाइ जानकारी दिएका छन् ।
यस क्रममा झण्डै डेढ महिनादेखि स्वास्थ्य मन्त्रालयमा धर्ना समेत दिदै आइरहेका छन । तर मन्त्रालयले अहिलेसम्म स्वास्थ्यकर्मीहरुको मागप्रति कुनै सुनुवाई गरेको छैन ।
आफनो माग पूरा गर्न सरकारले अझै ढीला गरे यो आन्दोलन थप कडा रुपमा अघि बढाइने स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन केन्द्रिय समन्वय समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...