बन्दका कारण तराईको जनजीवन दिनभर प्रभावित

  • काठमाडौं, ११ फागुन ।
मधेशी मोर्चाले गरेको बन्दका कारण तराईको जनजीबन दिन भर प्रभाभित भएको छ । सरकारले निर्वाचन मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराई बन्दको आव्हान गरेको हो ।

मोर्चाको बन्दका कारण तराईका विभिन्न जिल्ला भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । औद्योगिक कलकारखाना, बजार र शैक्षिक संस्था समेत ठप्प छ ।

तराईका भित्री सडकमा मोटरसाईकल र साना सवारी साधन फाट्टफुट्ट चलेको जनाइएको छ । सम्भावित झडपलाई मध्यनजर गर्दै मुख्य मुख्य शहरका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको गृहमन्त्रालयले जनाएको छ ।

मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लामा बन्द आव्हान गरेको उल्लेख गरेको छ । पहिलो दिन आज तराई बन्द र भोलिदेखि १५ दिनसम्मका लागि भण्डाफोर कार्यक्रम तय गरिएको मोर्चाले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...