तोकिएकै समयमा निर्वाचन हुन्छ, मधेशी मोर्चाले समेत भाग लिन्छ : गृहमन्त्री निधि

  • भक्तपुर, १२ फागुन । 

उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले तोकिएकै समयमा निर्वाचन हुने र त्यसमा मधेशी मोर्चाले समेत भाग लिने बताएका छन् ।

भक्तपुरको पाईलट बाबा आश्रममा आउनु भएका मन्त्री निधिले सञ्चारकर्मीसँग कुरा गर्दै संबिधानको संशोधनमा एमालेको सहमती दिन नसकेको र समस्या लम्बियता पनि निर्वाचन भने तोकिएकै समयमा हुने बताए ।

उनले संबिधान संशोधन गर्दै मधेशका जायज मागको सम्बोधन गरिनु पर्ने र स्थानिय तहको पुनंसरचनाका बारे थप संख्या बढाउने काम समेत स्विकार्य भएकाले एमालेको सहमती जुटाई मधेशी मोर्चा निर्वाचनमा आउने बताए। 

प्रतिपक्षले मधेश र मधेशी जनता प्रति पूवाग्राही नभई राष्ट्रिय हितको बिषयमा उभिएर संबिधान संशोधनको पक्षमा लाग्दै निर्वाचन सम्पन्न गर्ने तर्फ लाग्नु पर्नेमा निधिले जोड दिए।

उनले निर्वाचनको बिकल्प नभएको भन्दै सबै पक्ष जसरी भए पनि निर्वाचनमा आउने र लामो समयसम्म रित्त रहेको स्थानिय तहले पूर्णता पाउँदै तोकिएकै समयमा तिनै तहको निर्वाचनको वाताबरण तयार हुने बताए ।

उनले निर्वाचन गराउन निर्वाचन आयोग समेत तत्पर रहेको र कुनै अप्ठेरो अवस्था नरहेको भन्दै मधेशको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्पन्न हुने बिश्वास ब्यक्त गरे।

प्रतिकृया दिनुहोस्

Loading...