भेटिए सीके राउतका कार्यकर्ताले लुटेका सबै हतियार

  • भैरहवा, १२ फागुन ।
रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमण गरी सीके राउतका कार्यकर्ताले ५ दिनअघि लुटेको प्रहरीका सबै हतियार विहिबार विहान फेला परेको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेका अनुसार मर्चवार क्षेत्रको बगौली प्रहरी चौकी नजिकैको सिलौटिया गाँउस्थित गहुँबारीबाट गत आईतवार खोसिएका सवै हतियार फेला परेको हो ।

गत आईतवार झडपका क्रममा एउटा एसएलआर, एक थान ग्यास गन, एक थान म्याग्जीन, ७ राउण्ड गोली र ५ राउण्ड अश्रु सेल खोसिएका थिए । 

जसमध्ये एसएलआर सोही दिन साँझ फेला परेपनि अन्य हतियार फेला परेका थिएनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...