बन्द भएको ३ सातापछि कुश्मा–बेलवा यान्त्रिक पुल सञ्चालन



पर्वत, ९ फागुन ।

मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ ।

यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।

पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ । पुलको लट्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लट्ठा परिर्वतन गरी सञ्चालन गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

भारतबाट प्राविधिक र लट्ठा झिकाएर मर्मतको काम सकेपछि सेवा सञ्चालन भएको हो । यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झन्डै डेढ दर्जन गाविसका बासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका थिए ।

प्रतिकृया दिनुहोस्

Loading...