अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित ३ व्यापारी पक्राउ

- जाजरकोट, ९ फागुन ।
जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो ।
प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताए।
अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिए ।
पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ ।
पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...