१० प्रतिशत महिलामा पीडादायी सहवास, यस्तो छ कारण


बेलायतमा हालै भएको एक वृहत अध्ययनले हरेक १० जनामा एक जना महिलाले सहवासको समयमा पीडा महसुस गर्ने गरेको तथ्य पत्ता लगाएको छ ।

१६ देखि ७४ वर्ष उमेरका यौनिक रुपमा सक्रिय झण्डै ७ हजार महिलामा गरिएको अध्ययनले सेक्सका बेला पीडा हुने समस्या अर्थात् डिस्पेरेनियाको समस्या आमरुपमा रहेको र यसले सबै उमेरका महिलालाई प्रभावित गरेको देखाएको हो ।

इन्टर्नेसनल जर्नल अफ अब्स्टेटि्रक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित शोध अनुसार यो समस्याबाट ५०।६० वर्षको उमेरका महिलाहरु सबैभनदा धेरै पीडित हुने गरेको पाइएको छ । त्यसपछि १६ देखि २४ वर्ष उमेर समूहका महिला धेरै पीडित रहेका छन् ।

श्ोधकर्ताहरुका अनुसार महिलामा सहवास गर्दा पीडा हुने यो समस्याको उपचार छ । तर यस्तो समस्यालाई सामाजिक रुपमा ट्याबूको रुपमा लिइन्छ र समस्याको बारेमा कुरा गर्न महिलाहरु हिच्किचाउँछन् ।

पीडादायी सहवासका लागि यो सँगै अन्य पक्षहरु प्नि जिम्मेवार रहने शोधकर्ताहरु बताउँछन् । त्यसमा योनी सुख्खा हुने, सहवासका बेला निरास बन्ने र सहवासमा उत्साह तथा आनन्दको कमी आदि रहेका छन् । यसका लागि अन्य विभिन्न शारीरिक, मनोवैज्ञानिक तथा संवेगात्मक पक्षहरुले पनि सहवासलाई पीडादायी बनाउने गरेका र ती सबैको उपचार निकै जटिल हुने शोधकर्ताहरु बताउँछन् ।

लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन, युनिभर्सिटी कलेज लण्डन र न्याटसेन सोसल रिसर्चले संयुक्त रुपमा गरेको अध्ययनमा दुखाईकै डरले कतिपय महिलाहरुले सम्भोग गर्नै छाडेको समेत पाइएको छ ।

सहवासमा हुने पीडाले महिलाहरुमा आफ्नो यौनजिवनप्रति असन्तुष्टि हुने गरेको पाइएको छ । सहवासमा पीडा हुने एक तिहाइ महिलाले आफु आफ्नो यौनजिवनप्रति असन्तुष्ट रहेको बताएका छन् । जबकी सहवासमा पीडा नहुने महिलामा हरेक १० जनामा केवल एक जना महिलाले मात्र यौनमा सन्तुष्टि प्राप्त गर्दैनन् । बीबीसी

,

प्रतिकृया दिनुहोस्

Loading...