यस्ता छन् नेपाल कम्युनिस्ट पार्टीको थवाङ महाधिवेशनले पारित गरेका ११ बुँदे समसामयिक प्रस्ताव

  • काठमाडौँ १३ फागुन।
हालै रोल्पाको थवाङमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले ११ बुँदे समसामुहिक प्रस्ताव पारित गरेको छ ।

फागुन १ गते काठमाडौँमा उद्घाटन गरेर पाँच गतेदेखि १० गतेसम्म रोल्पाको थबाङमा चलेको महाधिवेशनले नयाँ नेतृत्व चयन संगै समसामयिक प्रस्ताप समेत पारित गरेको थियो ।

त्यस्तै महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना वैकल्पिक केन्द्रीय सदस्य रहेन छन् ।

महासचिव विप्लवले राखेका राष्ट्रियता, जनजीबीका,विश्वमा चलेको क्रान्तिकारी आन्दोलनप्रतिको धारणासहितको ११ बुँदालाई महाधिवेशनले पारित गरेको हो ।

महाधिवेशनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको कुनै अर्थ र औचित्य नभएको भन्दै शसक्त प्रतिरोध गरेर असफल बनाउने प्रस्ताव पारित गरेको छ । 
सरकारले घोषणा गरेको स्थानीय निर्वाचन लाइ ध्वस्त पार्दै महाधिवेशनले जनसत्ताको चुनाव गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

महाधिवेशनले पारित गरेका समसामयिक प्रस्ताव यस्ता छन्

  • . हाम्रो पार्टी नेपालको स्खलित संसदीय राजनीति परिस्थितिप्रति गम्भीर छ । नेपालको राष्ट्रियता, जनतन्त्र जनजीवीकाका बिषयहरु दिनप्रतिदिन गम्भीर बनेका छन् । यी जटिल मुद्धाहरु सम्बोधन गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्त, परिवर्तनकारी एकताबद्ध रहन यो प्रस्ताव पारित गर्दछ ।
  • २. प्रचण्ड नेतृत्वको संसदवादी सरकारले देशका जल्दाबल्दा समस्याहरुलाई पन्छाउँदै नेपाली जनताको परिवर्तनको आकांक्षाहरुलाई कुल्चदै पुरानो संसदीय चुनावको घोषणा गरेको छ । यो कथित चुनावको कुनै औचित्य नरहेको तथ्य हाम्रो पार्टी स्पष्ट गर्दछ । जनताका जनसत्ताहरु देशब्यापी रुपम स्थापित भइसकेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि यो प्रस्ताव पारि गरिन्छ ।
  • ३. देशमा विद्यमान भ्रष्टाचार, तस्करी, कमिशन खोरीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका बिषयहरुमा संघर्ष गर्ने क्रममा हाम्रा कमरेडहरुलाई गिरफ्तार गरी बन्दी बनाइएको छ, कमरेडहरुको रिहाइको लागि यो प्रस्ताव पारित गर्दछ ।
  • ४. नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा भारतीय हस्तक्षेप रहँदै आएको छ । त्यसप्रकारको हस्तक्षेप बन्द गर्न र त्यसप्रकारका हस्तक्षेपबिरुद्ध संघर्ष गर्न र नेपाली जनताको स्वाधीनता र सार्मभौमिकताको रक्षाका लागि खडा रहन यो प्रस्ताव पारित गरिन्छ ।
  • साथै १९५० लगायत सम्पुर्ण असमान सन्धी सम्झौताहरु खारेज गर्न पनि यो प्रस्ताव पारित गरिन्छ ।
  • ५. वर्तमान संसदवादी सत्ताले बैदेशिक रोजगारीको नाममा नेपाली युवा युवतीको बेचबिखन गर्दै आएको छ, त्यसप्रकारको मानव तस्करीविरुद्ध संघर्ष गर्ने प्रस्ताव पारित गरिन्छ ।
  • ६. भारतीय जनताको मुक्तिको लागि संघर्षरत भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता, कार्यकर्ता र जनताको भारतीय सरकारद्वारा हत्या, गिरफ्तारी र बन्दी बनाइएकोमा त्यसको घोर भत्सर्ना गर्दै त्यस्ता हर्कतहरु बन्द गर्न, बन्दी बनाइएकाहरुलाई मुक्त गरियोस् भनी प्रस्ताव पारित गरिन्छ ।
  • ७. पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोञ्जालोको सन् १९९२ को गिरफ्तार गरि अहिलेसम्म बन्दी बनाइएको छ, क. गोञजालो, केन्द्रीय सदस्य क. मिरियमलगायत तमाम केन्द्रीय सदस्यहरु र बन्दी बनाइएका हजारौं नेता–कार्यकर्ताहरुको स्थिति सार्वजनिक गरियोस् र रिहाईको मागसहित यो प्रस्ताव पारित गरिएको छ ।
  • ८. अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियालगायत मध्ये पुर्वका देशहरुमा युद्ध थोपर्दै लाखौं जनताको हत्या गरिएको छ, त्यसप्रकारको युद्ध बन्द गर्न र जनताको शान्ति र समुन्नतिको समर्थनमा र साम्राज्यवादी नीतिको विरुद्धमा यो महाधिवेशन प्रस्ताव पारित गर्दछ ।
  • ९. देशमा दलालीकरण, भ्रष्टाचार र कमिशनखोर मौलाएको छ, त्यसप्रकारको दलालीकरण, भ्रष्टाचारी, महंगी, चरम अभावको अन्त्य र ती तत्वलाई हदैसम्मको कार्वाहीका लागि यो प्रस्ताव पारित गरिन्छ ।
  • संसारभरी चलेका साम्राज्यवाद विरोधी राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी आन्दोलनप्रति हाम्रो पार्टी ऐक्यबद्धतासहित यो प्रस्ताव पारित गरिएको छ ।
  • १०. देशमा विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरि जनताको जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न देशका सम्पूर्ण क्रान्तिकारी देशभक्त शक्ति र जनवादी शक्तिहरु ध्रुवीकृत र एकताबद्ध हुनका लागि यो प्रस्ताव पारित गरिएको छ ।
  • ११. हाम्रो पार्टीको ऐतिहासिक आठौं महाधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्ने पार्टीहरु, ऐक्यबद्धता जनाउने भाइचारा पार्टीहरु र आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने सम्पूर्ण जनसमुदाय, महाधिवेशन स्थलमा सहयोग गर्ने ऐेतिहासिक भूमि राप्ती व्युरो, रोल्पा जिल्ला र यस थवाङका समस्त जनसमुदायमा यो महाधिवेशन हार्दिक धन्यवाद दिने प्रस्ताव पारित गर्दछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...