पोखरामा वर्ड फ्लू देखा पर्यो

पोखरा १४ फागुन।
पोखरामा बर्डफ्लू देखापरेको छ । जिल्ला पशु कार्यालयका अनुसार खाल्टेमसिनामा एक घरमा पालेका हाँसमा वर्डफ्लू देखा परेको हो ।
फागुन ६ गते एउटा हासँ मरेपछि परीक्षणका लागि पोखराको ल्याबमा ल्याइएको थियो। परीक्षणमा पोजेटिभ देखिपछि थप परीक्षणका लागि काठमाडौं पठाउँदा बर्डफ्लू भएको पुष्टी भएको थियो ।
अहिलेसम्म १७ हाँस र ११ वटा कुखुरा मरिसकेका छन्। सतर्क रहन असपासका फार्महरुलाई सूचना गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...