बर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बिजुक्छेको दाबी

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए।
उनले जहिलेसम्म संशोधन हुँदैन् त्यसबेलासम्म सरकार नरहने भएकाले यो सरकारको औचित्यता नभएको बताए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
स्थायिन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उहाँले जोड दिए।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, काँंग्रेस सभापति शेरबहादुर देउवा र सिके राउत एउटै शक्ति केन्द्रबाट परिचालन भएको दावी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाए ।
नेपालको सरकार काठमाडौमै रहेका विदेशी संयन्त्रको निर्देशनमा चलेको उनको आरोप छ । कांँग्रेस र माओवादी एउटै शक्ति केन्द्रबाट परिचालीत भएको हो भने पार्टी फरक हुनुको औचीत्यता नभएको समेत उहाँले टिप्पणी गरे ।
अध्यक्ष बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्नुभयो । मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै उनले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले यदी अवरोध भए सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्नेमा बताए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुटा कमाउनुनहुने बताए ।
यदी निर्वाचन गर्ने वातावरण आएन भने सरकारले पालेका सेना, प्रहरीको के काम भन्दै उहाँले प्रश्न गर्दै भन्नुभयो, सरकारले जसरी पनि निर्वाचन गर्नुपर्छ । यदी निर्वाचन गर्न सकिएन भने सेना परिचलान गर्नुको औचीत्यता छैन् ।
उनले संविधान संशोधनमा एमालेले लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देश नरहनेसमेत बताए ।
संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने उनको भनाइ छ ।
उनले सत्ता समिकरण बद्लिने सम्भावना रहेकाले तोकिएको समयमा निर्वाचन नहुने बताए ।
उनले प्रमुख प्रतिपक्ष नरहने गरी थ्रेस होल्डको कुरा आइरहेकाले थे्रस होल्ड संख्याको आधारमा नभई विचारको आधारमा गरिनुनपर्ने बताए ।
उनले संविधान संशोधन प्रस्तावको पार्टीले निरन्तर रुपमा विरोध गरिरहेको बताउँदै संविधान संशोधनमा एमालेले अपनाएको लचकता देश र जनताको हितमा नभएको बताए ।
निर्वाचनको समयमा सिडियो सरुवा गर्नु भनेको आफना मान्छे पठाएर चुनावलाई प्रभाव पार्ने षड्यन्त्र भएको बिजुक्छेले बताए ।
उनले नेपाल प्रहरीको आईजीपिको बिषयमा जसरी भागबण्डाको खेल भइरहेको छ यसले नेपालको सुरक्षा निकायमा समेत आर्थिक चलखेलले ब्यापकता पाएको र यो देशको अहितमा रहेको बताए ।
प्रतिकृया दिनुहोस्
Loading...